गुल्मीमा पनी जीप दुर्घटना, १ को मृत्यु, १६ घाइते

कात्तिक १५, गुल्मी-मकवानपुरमा भएको दुर्घटना सेलाउन नपाउँदै आजै गुल्मीमा पनी अर्को सवारी दुर्घटना भएको  छ । गुल्मीको अश्लेवामा भएको उक्त जीप दुर्घटनामा परि १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस दुर्घटनामा परि अन्य १६ जना घाइते भएका छन् । दुर्घटनामा  घाइते भएकाहरू मध्ये १३ जनाको अवस्था गम्भिर रहेको कुरा प्रहरीले जनाएको छ ।

जिल्लाको हँसरा खैरेनीबाट बनभोज खानका लागि अश्लेवा गएको  लु १ च ४८७७ नम्बरको जीप बनभोज सकेर फर्किने क्रममा दुर्घटनामा परेको हो ।

उक्त जीप अश्लेवा-६ को दमार भन्ने ठाउँमा दुर्घटनामा परेको छ । उक्त जीप सडकबाट अन्दाजी ३५० मिटर तल खसेको कुरा प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाइ उपचारका लागी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।