अब निर्णायक र अन्तिम अमन्दोलन आवश्यक प्रचण्ड

कात्तिक १५, काठमाडौँ -एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संथागत नगरी बेबारिसे बनाउन खोजेको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्डले सक्ता साझेदार दलहरुले संघीयता धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । दुई ठुला दलका कारण हालसम्मको उपलब्धी गुम्न लागेको दाबी गर्दै प्रचण्डले अब नयाँआन्दोलनका लागि तयार रहन कार्यकर्तालाई आग्रह समेत गर्न भ्याए । नेवा ः राष्ट्रिय मुक्ति  मोर्चा, ललितपुरले आयोजना गरेको कार्यक्रममा अब अन्तिम र निर्णायक लडाई लड्न बाँकी रहेको र त्यो अत्यन्त जरुरी रहेको बताए ।