बस जुध्दा ९ जनाको मृत्यु, ३० घाइते

कात्तिक १५, मकवानपुर-मकवानपुरको बसामाडीमा आज  बिहान विपरित दिशाबाट गइरहेका दुइवटा बस जुध्दा ९ जनाको घटनास्थलमा नै  मृत्यु भएको छ । दुर्घटनामा अन्य  ३० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट विराटनगर जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बस र इलामबाट काठमाडौं जाँदै गरेको बस बसामाडीमा बिहान ३  बजे जुधेको प्रहरीले जनाएको  छ । प्रहरीका अनुसार दुर्घटनामा शान्ता लुइँटेल,रोशन भट्टराई, प्रविन आचार्य, सुजाता काफ्ले, मिलन अधिकारी, रक्षा श्रेष्ठ, इशा कार्की र थर नखुलेकी इलाम बरबोटेकी आस्थाको मृत्यु भएको छ ।