गान्धी परिवार संकटमा

कात्तिक १४, काठमाडौं – सन् १९८४ को अक्टोबर ३१ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलाई जब उनकै अंगरक्षकले गोली हानी हत्या गरे,त्यतिबेला गान्धीबंशको निरन्तरताको लागि छोरा राजिब गान्धीलाई प्रधानमन्त्री बनाइयो ।भारतमा गान्धी परिवारलाई राजनीतिक बंशजका रुपमा पनि लिइन्छ । वंशजको विरासत धान्न छोरा राजिब गान्धीलाई प्रधानमन्त्रीका रुपमा आसीन गराइएको थियो । तर भारतीय राजनीतिमा एक बलियो उम्मेद्वार (आइरन लेडी)का रुपमा रहेकी पूर्वप्रधानमन्त्री गान्धीको हत्याको तीस वर्ष पुग्दा भने यो राजनीतिक वंशजलाई यतिखेर निकै अप्ठेरो परिरहेको छ ।

राजनीतिक वंशजले नेतृत्व गरिरहेको भारतीय कांग्रेस पार्टी यतिखेर सत्तामा छैन । सत्तामा नभएको मात्र होइन,यतिखेर उक्त दल निकै कमजोर प्रतिपक्ष दलको रुपमा उभिएको छ । उक्त राजनीतिक वंशजका एक कनिष्ठ सदस्य राहुल गान्धी (इन्दिरा गान्धीका नाति र पूर्वप्रधानमन्त्री राजिब गान्धीका छोरा) यतिखेर पार्टी नेतृत्वमा आइपुगेका छन् । तर संसद्मा झिनो मतका आधारमा विपक्षको भूमिका निर्वाह गरिरहेका छन् ।

गएको मेमा भएको आम निर्वाचनमा त्यहाँको विपक्षी दल भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको छ भने सत्तारुढ दल कांग्रेस विपक्षमा उभिएको छ । कांग्रेस दुई दशक लामो शासनपछि सानो आकारको विपक्षी दलका रुपमा पछिल्लो समय देखिएको छ । भारतमा कंग्रेसका बारेमा कैयौं पुस्तक लेखेका एक बुद्धिजीवी रसिद किदवायी भन्छन्,‘इन्दिरा गान्धी वास्तमा भारतमा कंग्रेसलाई व्यापकता दिने नेतृ थिइन् । तर अहिले सो कुराको खाँचो उक्त पार्टीभित्र महसुस भइरहेको छ ।’स्वतन्त्र भएको ६७ वर्षमा कंग्रेसले कम्तीमा पनि ५० वर्ष शासन गरेको छ । कंग्रेसलाई सधै सत्तारुढ दलकै रुपमा विकास गरिएको थियो । तर अहिले उ अत्यन्त संकटको सामना गरिरहेको छ,आजको कान्तिपुर दैनिकमा खबर छ ।