यो राशीका मानिसको हुन्छन् जिद्धी र आकर्षक

  • प्रकाशित मिति : मंगलवार, कार्तिक ११, २०७१ साँझ १२ : ५४

thinking-girlजुन मानिसको पहिलो अक्षर तो, ला, नी, नू, ने, नो, या, यी, यू, है बाट सुरू हुन्छ ती मानिस वृश्चिक राशीका हुन्छन् । वृश्चिक राशीका मानिस आदर्श प्रेमी हुन्छन् । आफ्नो प्रेमको लागि जे पनि गर्न सक्छन् र सबै चीज त्याग समेत गर्न सक्छन् । यी मानिस जिद्धी स्वभावका हुन्छन् । कामप्रति यीनीहरू निकै लगनशिल हुन्छन् । आकर्षक व्यक्तित्वका कारण अन्य मानिसलाई प्रभावित गर्न सक्ने क्षमता पनि निकै उच्च हुन्छ । यीनीहरूमा रहेको आत्मविश्वासका कारण काममा सफलता समेत प्राप्त हुन्छ ।

वृश्चिक राशीको चिन्ह बिच्छी हो र यो राशी उत्तर दिशाको प्रतिक हो । वृश्चिक राशी जलतत्वको राशी पनि हो । यसको प्रमुख मंगल हुन्छ र यो राशी निकै स्थिर राशी हो । यो राशीका व्यक्ति सुन्दर शरीरका धनी हुन्छन् । कुण्डलीमा मंगल कमजोर स्थितिमा हुने कारण रक्त सम्बन्धी रोग हुने आशंका सधै रहन्छ । यी मानिस चन्द्रमा कमजोर हुँदा एलर्जीबाट समेत पीडित हुन्छन् ।

वृश्चिक राशिका मानिसको शारीरिक संरचना निकै राम्रो हुन्छ । यीनको काँध चौडा हुने गर्छ । शरीर मजबुत देखिन्छ । शारीरिक र मानसिक शक्ति प्रचुर मात्रामा हुन्छ । यीनलाई मूर्ख बनाउन निकै कठिन हुन्छ ।

यस राशीका मानिसहरू जे हो त्यहि बोल्न मन पराउँछन् र सही सल्लाह दिने विश्वास गरिन्छ । जे हो त्यही बोल्ने भएका कारण यीनिहरुले कहिलेकाँही विरोधको सामना समेत गर्नुपर्ने हुन्छ । यस राशीका मानिसहरू एकै चीजसँग लामो समय जोडिन सक्दैनन् ।

यस राशीका मानिसहरू अन्य व्यक्तिले बिना कारण हस्तक्षेप गरेको मन पराउँदैनन् । यस राशीका मानिसहरू कम बोल्न मन पराउँछन् र जब बोल्छन् तब काम को नै कुरा गर्छन् । यीनीहरूलाई अरीको गल्ति र नराम्रा बानी सधै याद रहन्छ ।

यस राशीका युवतीहरू तीखो नयन-नक्ष भएका हुन्छन् । यसकारण यीनको अनुहारमा विषेश आकर्षण हुन्छ । वश्चिक राशीका युवतीको कुरा गर्ने शैली फरक खालको हुन्छ । यीनीहरू बुद्धीमान र भावुक हुन्छन् । यीनको इच्छा शक्ति निकै दृढ हुन्छ । जिद्धी र स्वार्थी प्रवृ्त्तिका हुन्छन् ।

वृश्चिक राशीका युवती स्वतन्त्र निर्णय लिन रूचाउँछन् । यीनको माया माइततर्फ बढि हुने गर्छ । यस राशीका युवती जो काम गर्ने गर्छन् उनीहरू आप्नो क्षेत्रमा वर्चश्व बनाई राख्छन् । यीनमा काम गर्ने राम्रो क्षमता हुन्छ । युवतीहरू सुख-सुविधाको वस्तु पाउनका लागि प्रयासरत रहन्छन् ।