स्याङ्जामा यात्रुजिप दुर्घटना, २ को मृत्यु, १३ घाइते

कात्तिक १३,स्याङ्जा-स्याङजाको दरौंबाट स्याङ्जा बजार तर्फ आउँदै गरेको ग १ ज ५०१७ नम्बरको एक यत्रुजीप बहिबार पुतलीबजार नगरपालिका–८, ठुलापधेरामा दुर्घटनाग्रष्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा १३ जना घाईते भएका छन ।

यस दुर्घटनामा परि गम्भीर घाईते भएका पुतलीबजार–८ सतौँका ५८ वर्षीय खगेन्द्र पौडेलको उपचारको लागि पोखरा तर्फ लादै गर्दा बाटोमै मृत्यु भएको थियो भने अर्की ३० बर्षीय डिलमाया कार्कीको उपचारका क्रममा मृत्यु भएको कुरा प्रहरीले जनाएको छ । यस दुर्घटनामा घाईतेहरू मध्ये ८ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरु सबैको जिल्ला अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागी पोखरामा रहेको चरक र मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको बताइएको छ ।  उक्त यात्रु जीप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।