विदेश जानेलाई खुशीको खबर

कात्तिक १२, काठमाडौँ-यदि तपाई विदेश जाँदै हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईका लागी अब खुशीको खबर छ । जिल्ला कृषि विकास कार्यालयले विदेश जाने र विदेशबाट फर्किएका युवालाई लक्षित गरी विभिन्न कृषि कार्यक्रम ल्याएको छ जसले तपाइका दुवै हातमा लड्डु राखिदिनेछ ।  कार्यालयले व्यवसायिक तरकारीखेती, मौरीपालन, च्याउखेती र माछापालनमा अनुुदान ल्याएको हो ।      कार्यक्रमका लागि इच्छुक युवासँग आवेदन माग गरी सकिएको कार्यालयले जनाएको छ । आवेदनसँगै राहदानीको फोटोकपिसमेत मागिएको कार्यलयका योजना अधिकृत शिव चौधरीले बताए । जिल्लाका ६० जना व्यावसायिक तरकारीखेती गर्ने युवालाई रु ६० हजारका दरल,े ४० जनालाई रु ४० हजारका दरले र मौरीपालनमा रु एक लाख ८० हजारका दरले अनुदान उपलब्ध गराइनेछ ।