सार्क सम्मेलनका लागि भक्तपुर दुलही झै सिङ्गारिँदै

कात्तिक १२, भक्तपुर  सार्क शिखर सम्मेलनको तयारीका क्रममा विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका सम्पदा सिङ्गार्ने काम सुरु भएको छ ।  पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले यहाँका सम्पदाको मर्मत तथा रङ्गरोगन कार्य सुरु गरेको हो । कार्यालयले भक्तपुर नगरपालिका क्षेत्र र चाँगुनारायण मन्दिर क्षेत्रको मर्मत एवम् सिङ्गार्ने कार्य भइरहेको छ ।

भक्तपुर नगरपालिका क्षेत्रको सम्पदामा १५ वटा प्याकेजमा र चाँगुनारायण क्षेत्रमा छ वटा प्याकेजमा काम भइरहेको छ । कार्यालयका सिनियर इन्जिनियर मोहनकृष्ण श्रेष्ठले सार्क सम्मेलनमा आएका विदेशी अतिथि भक्तपुरको अवलोकन गर्न आउने भएकाले भक्तपुर दरबार क्षेत्रको मुख्य द्वारदेखि दत्तात्रयसम्मको  स्मारक सिङ्गार्ने काम भइरहेको बताए ।