स्पेस स्टेशनका लागी उडेको नासाको रकेट विस्फोटन

कात्तिक १२ ,काठमाडौं-अन्तर्राष्ट्रीय स्पेस स्टेशनतिर गैरहेको नासाको एक मानवरहित कमर्शियल रकेटमा, मंगलवार साँझ उडान भरेको केही समय पछिनै विस्फोटन भएको छ । उक्त रकेट आगोको गोलोमा परिवर्तन भएको थियो । उक्त रकेटका भग्नावशेषहरू लन्च साइट, भर्जिनियाको आसपासनै खसेका थिए । यस घटनामा कुनै पनि मानिस घाइते भने नभएको बताइएको छ । यद्दपी नासाको कमर्शियल स्पेस फ्लाइटको यो कोशिशलाइ भने ठुलो झटका लागेको छ ।

नासाका प्रवक्ता रोब नेभिसका अनुसार यस दुर्घटनामा कुनै प्रकारको अन्य क्षति भने हुन पाएन । यद्दपी स्पेस स्टेशनमा रहेका ६ जना मानिसहरूलाइ खाद्यान्नका लागी यो रकेट छिटै पुग्नु पर्ने थियो ।

स्पेस स्टेशनमा डेलिभरी गर्नका लागी नासा, अर्बिटल साइन्सेज र स्पेस एक्स नामको कम्पनीलाइ करोडौं डलर दिइरहेको छ । साथै सन २०१७ सम्म अमेरिकी अन्तरिक्ष यात्रिहरूलाइ अरबिटिङ ल्याब सम्म पुर्याउनका लागी पनि नासा, स्पेस एक्स र बोइङमा निर्भर रहेको छ, ताकि यसले छिटै उडान शुरू गरोस ।

अरबिटल साइन्सेज कम्पनीको यो रकेटमा, उडन भरेको मात्र ६ सेकेण्डपछि नै लन्च कम्प्लेक्सको माथि नै विस्फोटन भएको  थियो । यस मिशनका लागी यो लन्चको दोश्रो प्रयास जुन एक पटक फेरी असफल भएको छ ।