प्रेमीकाबाट धोका पाए गायक प्रमोद खरेलले

काठमाडौं कात्तिक १२-माया के हो ? यो कती जनासँग बाँडीन्छ ? यसको सहज उत्तर सबैले दिए पनि मायामा नसोचेको भोग्नु पर्दा गायक प्रमोद खरेर यतिबेला तड्पीएका छन् । प्रमोदकी प्रेमीकाले उनलाई माया गरेर मन अन्तै दिएपछि उनी भौतारीएका छन् । उनकी प्रेमीका केकीको मायामा परेका प्रमोद उनै मायालुले आफुलाई झुक्याएर अन्यसँग पनि माया बाँड्न थालेको थाहा पाएपछि त्यसको पिडामा भौतारीएका हुन् । तर प्रमोदको यो तड्पाई केवल ४ मिनेटको भिडीयोमा मात्र हो । श्रद्धा अधिकारीको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत ‘धेरैलाई बाड्न नपुग्ला माया’बोलको गीतको भिडियोमा प्रमोदले केकीले दिएको पिडाको अनुभुती गरेका हु ‘सौगात’ नामक एल्बममा समेटिएको गीतमा प्रमोदकै स्वर छ प्रमोदसँगै सहजले पनि मोडलिङ गरेका छन् । संचारकर्मी विदुर खतिवडाले निर्देशन गरेको भिडियोमा निशान घिमिरेको सम्पादन र हरि हुमागाईको छायांकन छ ।