आज भाइटीका, देशभर हर्सोल्लासका साथ मनाइदै

 कार्तिक   ८ , काठमाडौँ-आज  तिहारको पाँचौँ दिन भाइटीका पर्व देशभर हसोल्लासका साथ मनाइदैछ । यमपञ्चक भनिने आजको दिनमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ । नेपाल पंञ्चांग समितीका अनुसार भाइटीकाको उत्तम साइत ११ बजेर ३५ मिनेटमा रहेको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरङ्गी टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय विधान रहेको समितिले जनाएको  छ । लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्ट चिरञ्जीवी, बलीराजा, यमराज, यमुना र धर्मराजको समेत पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।

सप्तरङ्गी टीका भनेर विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा भनि उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले जानकारी दिए ।