संविधान निर्माणमा सबैले चासो दिन प्रम कोइरालाको आग्रह

कात्तिक ६, काठमाडौँ- प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणमा सबैले चिन्ता लिनुपर्नेमा जोड दिनुभएको छ ।  आज भैली टोलीसँगको साक्षात्कारमा उहाँले आगामि माघ ८ गते मुलुकले लोकतान्त्रिक संविधान पाउने विश्वास दिलाउनुभयो । उहाँले दलहरु विवादित विषयमा सहमति जुटाउन लागिपरेकोले निर्धारित मितिमै संविधान जारी हुने बताए ।संविधान निर्माणको विषयलाई लिएर देशब्यापी चिन्ता भएकोले यो तिहारले शान्ति, समृद्धि र स्थायीत्वको लागि मद्दत गरोस भन्ने कामना ब्यक्त गरे ।