नेपाल युगान्डासँग २० रनले पराजित

काठमाडौं-आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ को पहिलो खेलमा युगान्डासँग नेपाल स्तब्ध भएको छ। खेलमा नेपाल युगान्डासँग २० रनले पराजित भयो। नेपाललाई २०४ रनको लक्ष्य दिएको थियो। टस जितेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। जवाफमा नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८३ रन मात्र बनायो।

खेलमा नरेश बुढायरले १२२ बलमा चारवटा चौका प्रहार गरे भने १ छक्का हान्दै ६२ रन जोड्न सफल भए। तीन खेलाडि शरद भेसवाकर, सुवास कुरेल र सागर पुनले २२/२२ रन जोडे। सुवासले ४३ बलमा २ चौका समेत प्रहार गरेका थिए। बसन्त रेग्मीले १० रन बनाए। यता कप्तान पासर खड्का १४ रनमा आउट भए। अर्का भरपर्दा खेलाडि ज्ञानेन्द्र मल्ल पनि १४ रनमानै मैदान छोड्नु पर्योन। सोमालको कामीले ले १ रन लिए भने शक्ती गौचन खाली हात फर्कनु पर्योा। विनोद भण्डारी र मेहबुब आलमको समान ४ रनमा आउट भए।

मलेसियाको किनरारा मैदानमा भएको खेलमा कप्तान पारस खड्काले नेपालका लागि पहिलो विकेट लिएका थिए। उनले नेपालका लागि कूल तीन विकेट लिए। सोमपाल कामीले २ विकेट ढाले भने बसन्त रेग्मीले नेपालका लागि छैटौं र ८ औं विकेट लिए। ४१ ओभरमा बलिङ गर्न आएका उनले आफ्नो पहिलो बलमै विकेट लिएका थिए। रेग्मीले ४५.२ ओभरमा दोस्रो विकेट लिएका हुन्। सागर पुनले नेपालका लागि ७ औं विकेट लिए। पारसले सातौं ओभरको अन्तिम बलमा पहिलो विकेट ढालेका थिए। त्यसपछि ११ औं ओभरको दोस्रो बलमा उनले अर्को विकेट लिए।

यसैगरी ८ औं ओभरको दोस्रो बलमा सोमपाल कामीले युगान्डाको अर्को विकेट लिएका थिए। ८ ओभरकै अन्तिम बलमा थप अर्को विकेट लिएर सोमपालले युगान्डालाई दवाबमा पारेका छन्। नेपालका कप्तान पारस खड्काले एक मेडन ओभर फाले। नेपालका कप्तान पारस र सोमपाल कामीले ६—६ ओभर बलिङ गरेका छन्।