आन्दोलनका उपलब्धिलाई संस्थागत गर्छु : प्रधानमन्त्री कोइराला

 कात्तिक ६, काठमाडौँ-प्रधानमन्त्री सुशील कोइरालाले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि जनताले गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशीतालाई संस्थागत गर्न आफु आगी पर्ने बताएका छन् ।

हिन्दु नेपाली महान पर्व  दीपावलीको अवसरमा उनले आज दिएको सन्देशमा आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट उक्त ऐतिहासिक जिम्मेवारी पूरा गरी मुलुकलाई विकासको नयाँ चरणमा प्रवेश गराउन सकिने भएकाले सबैको साथ आवश्यक भएको उल्लेख गदप्रम कोइरालाले  जिम्मेवारीलाई पूरा गर्न सबै नागरिकले साथ दिनुपर्ने खाँचो औँल्याएका छन् ।

उनले आज एक विज्ञप्ती जारी गर्दै  नयाँ परिवेशमा मनाउन लागिएको तिहारले नेपालीले बढो उत्साह र अपूर्व सहभागिता जनाएर निर्वाचित गरेको संविधानसभा अहिले लोकतान्त्रिक संविधान निर्माणमा सक्रियरूपले लागि परेको बताएका हुन् ।