संवाद समितीको समयावधी थप

कात्तिक ४, काठमाडौँ-डा बाबुराम भट्राई सभापति रहेको संविधानसभाको सबैभन्दा शक्तिशाली मानिएको राजनीतिक संवाद तथा सहमति समितिले सहमति जुटाउनका लागि अर्को समयसीमा पाएको छ । संविधानसभाको आज बसेको बैठकले समितिलाई १५ गतेसम्मको नयाँ समयसीमा दिएको हो । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिलाई उपलब्ध गराइएको यो अन्तिम समय भएको बताएका छन् । यसअघि समितिलाई प्रतिवेदन तयार गर्न दुईपटक समयावधि थप भइसकेको छ । दलहरूबीचमा नयाँ संविधानमा उल्लेख गरिने राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली तथा निर्वाचन प्रणालीका बारेमा सहमति जुट्न सकेको छैन । सहमतिका लागि सो समितिको बैठक तथा दलहरूबीचमा पटकपटक छलफल निरन्तर रुपमा भइरहेको छ तर सहमति जुट्न सकेको छ्रैन । अघिल्लो संविधानसभा पनि ती चार विषयमा दलहरूबीचमा कुरा नमिल्दा अकल्पनीय रुपमा विघटन भएको थियो । डा बाबुराम भट्टराई नेतृत्वको समितिले १५ गतेभित्र सहमति जुटाएर सहमति नजुटेका विषयमा १६ गतेभित्र प्रश्नावली निर्माण गर्ने जिम्मेवारी पनि पाएको छ । यस अघि पनि यो समितिको म्याद २ पटक थपिइसकिएको छ । नेताहरु भने सहमति जुटाउन भन्दै गोकर्ण रेसोर्टमा जम्मा भएका छन् ।