चाडपर्वलाई लक्षीत गर्दै प्रहरीद्वारा साइकल सुरु

कात्तिक ४, कञ्चनपुर-तिहार र छठ पर्वलाई लक्ष्य गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महेन्द्रनगर बजारमा आजदेखि साइकल गस्ती सुरु गरेको छ । बजार क्षेत्रमा हुने चोरी र लागुऔषध तस्करी नियन्त्रण गर्न तथा ट्राफिक व्यवस्थापनको कार्य गर्न साइकल गस्ती सुरु गरिएको हो । तेइस वटा साइकलमा प्रहरी हवल्दारको नेतृत्वमा प्रहरीलाई बजार क्षेत्रको सुरक्षाका लागि परिचालन गरिएका आज आयोजित पत्रकार भेटघट कार्यक्रममा प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले बताए । चाडपर्वका बेला बजार क्षेत्रमा आपराधिक क्रियाकलापमा वृद्धि हुने भएकाले त्यसलाई नियन्त्रण गरी अमनचैन कायम गर्न साइकल गस्तीको कार्य प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । यो गस्ती टोलीलाई राजमार्ग क्षेत्रमा समेत खटाइने बताए ।