अष्ट्रेलियाका महिला सांसदले बुर्का लगाउन पाउने

कार्तिक ४, एजेन्सी-अष्ट्रेलियाको सर्वोच्च अदालतले त्यहाँको संसदमा महिला सांसदहरुलाई बुर्का लगाएर प्रवेश दिन आदेश दिएको छ । अदालतको आदेशअनुसार नयाँ नियम लागू भएसँगै बुर्का लगाएर संसद प्रवेश गर्ने महिला सांसदले सुरक्षाकर्मीलाई  आफनो अनुहार भने देखाउनुपर्ने छ । अदालतको यो निर्णयको ब्विश्वभरका मुस्लिम समुदायका महिलाहरुले स्वागत गरेका  छन् । अष्ट्रेलियामा पाँच लाख मुस्लिम रहेका छन् । यसअघि त्यहाँको संसदमा प्रवेश गर्ने महिलाहरुले बुर्का लगाउन नपाउने नियम थियो ।