संविधानका विवादित विषयमा आज र भोली चरणबद्ध छलफल हुने

कात्तिक ४, काठमाडौँ-संविधानका विवादित अन्तरबस्तुमा सहमति जुटाउन दलहरु बिहानैदेखि चरणबद्ध छलफलमा जुटेका छन् । शीर्षतिन दल, मधेसवादी र आदिवासी सम्बद्ध पक्षसंग विभिन्न चरणमा छलफल गर्न दलहरु विभिन्न चरणमा वार्तामा लागीपरेको एमाले नेता इश्वर पोखरेलले जानकारी दिए । आज र भोली सम्ममा निश्कर्ष निकालीने बैठकलाई दलहरुको आवसयि बैठकको नाम दिएका छन् । संविधानसभा राजनैतिक सम्बाद तथा सहमति समितीको संयोजनमा काठमण्डौंको गोर्कण रिर्सोट सुरु भएको छ । बैठकमा कांग्रेसबाट शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, एमालेबाट केपी ओली, माधवकुमार नेपाल र इश्वर पोख्रेल, एकीकृत माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी छन् । तीन दलको उच्चस्तरीय छलफलबाट सहमति बनेमा मधेस केन्द्रीत दलहरु, जनजाति तथा आदीबासी नेताहरुस“ग छलफल हुने बताइएको छ ।तिहार अघि आज र भोलि निर्णायक वर्ता गर्ने र सहमति हुन नसके तिहारपछि पनि छलफल गर्ने दलहरुले तायरी गरेको छ ।  दलहरुबीच संविधानका मुख्य विवादित विषय राज्यपुनरसंरचना, शासकिय स्वरुप, निर्वाचन प्रणलीमा विवाद कायम छ । मुख्य गरि राज्य पुनरसंरचनामा प्रदेशको नाम, प्रदेसंख्यामा दलहरु विभाजित छ ।