काग सम्मेलन हेर्न सर्वसाधारणको घुँइचो

कात्तिक ४, काठमाडौँ -कागे कलाकार रमेश दुलालले काग तिहारको अवसरमा रत्नपार्कमा काग सम्मेलन गरेका छन् ।  दुलालले रत्नपार्कमा ५ मिनेटको अवधिमा करिब एक सयको संख्यामा कागलाई बोलाउन सफल भएका थिए ।  १५९ भन्दा बढी चराचुरुङ्गीको आवाज निकाल्न सक्ने दुलालले यस अघि पनि ‘काग’ सम्मेलन गर्दै आएका थिए । दुलालले कार्यक्रम स्थलमा उपस्थित कलाकार र संचारकर्मीमाझ कागलाई बोलाउने तरिका, भाषा र कागका बारेमा समेत जानकारी गराएका थिए । राष्ट्रिय संगितकर्मी संघले आयोजना गरेको कार्यक्रममा सम्मेलन हेर्न सर्वसाधारणको घुईचो लागेको थियो ।