कोरियाका कृषि श्रमिकमाथि ज्यादती : एमनेष्टी

कात्तिक ४, काठमाडौँ-एम्नेस्टी इन्टरनेशनलले  दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत कृषि क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकमाथि व्यापक ज्यादती भएको उल्लेख गरेको छ । एम्नेष्टीले एक विज्ञप्ति जारी गदैृ दक्षिण कोरियाको  अनुमति प्रणाली  इपिएस अन्तर्गत कृषि क्षेत्रमा कार्यरत आप्रवासी श्रमिकमाथि व्यापक ज्यादती हुने गरेको उल्लेख गरेको छ।

विश्वभर एकसाथ सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार  एम्नेस्टीले कोरीयाले श्रमिक लैजाने बेलामा गरेको सम्झौताभन्दा फरक काममा लगाउने, तोकिएको तलब सुविधा नदिने र धम्क्याउने एवम् अन्य किसिमका ज्यादती गर्ने गरेको उल्लेख गरेको छ । त्यस्तै सम्झौतामा तोकेको समय भन्दा बढी काममा लगाउने र ओभरटाईमको तलब पनि नदिई मजदुरलाई शोषण गर्ने, कानुनी उपचार गर्न न्यायालय गएपनि हतोत्साह गर्ने, खानपिन र बस्ने ठाउ व्यवस्थित नहुने गरेको समेत प्रतिवेदनमा उल्लेख छ।