ज्ञानेन्द्रको नयाँ रेकर्ड , पहिलोपटक जोडे १६७ रन

कात्तिक ४,  काठमाडौं – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली र श्रीलंकाली रागमा क्रिकेट क्लबबीचको अभ्यास खेल सोमबार वर्षाका कारण रद्द भएको छ । रागमाले लक्ष्य पछ्याएको इनिङको १३ औं ओभरमा वर्षा भएपछि म्याच रेफ्रीले खेल स्थगत भएको घोषणा गरेका थिए ।

तेस्रो अभ्यास खेल वर्षाले प्रभावित पारे पनि नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई सधै याद आइरहनेछ । यसको विशेष कारण छ ।
ज्ञानेन्द्रले रागमा विरुद्ध जीवनकै सर्वाधिक १६७ रनको शतकीय इनिङ खोलेका थिए । राष्ट्रिय टोलीका लागि उनको यो पहिलो शतक थियो । अभ्यास खेलमा भए पनि नेपाली व्याट्सम्यानले १५० रनभन्दामाथि योगफल बनाएको यो नै पहिलोपटक हो ।

उत्कृष्ट फर्ममा देखिएका ज्ञानेन्द्रले १५७ बलमा समान नौ खचौका र छक्का प्रहार गरेका थिए । उनले आधाभन्दा बढी रन बाउन्ड्रीबाट बटुले । पहिलो व्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्रको उत्कृष्ट व्याटिङको मद्दतमा ५० ओभरमा आठ विकेट गुमाएर २८५ रनको योगफल खडा गर्यो । नेपालले श्रीलंकाली टोलीविरुद्द विशाल योगफल खडा गर्नमा दोस्रा ओपनर नरेश बुढाऐरको योगदान पनि उत्तिकै छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।