जग्गा प्लटिङमा रोक

कात्तिक ४,काठमाडौं – सहरीकरण बढ्दै गएका क्षेत्रमा जथाभावी प्लटिङ गर्ने र अव्यवस्थित बस्ती विस्तार गर्ने प्रवृति निरुत्साहित गर्न स)घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले योजना निर्माण नगरी प्लटिङ स्वीकृति र नक्सापास नगर्न गाविस र नगरपालिकाहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले देशभरका सबै गाविस र नगरपालिकामा भूउपयोग योजना लागू गर्ने निर्णय गरेको हो ।‘भूउपयोग योजना नहुँदा गाविस र नगरपालिकामा मनोमानी ढंगले भौतिक संरचना निर्माण गर्ने परिपाटी बस्यो,’ मन्त्रालयको नगरपालिका महाशाखाका सहसचिव गोपी खनालले भने,‘योजना बनाएपछि मात्रै स्थानीय निकायहरुले तोकिएको क्षेत्रमा प्लटिङको स्वीकृति दिनेछन् ।’गाविस र नगरपालिकाको निर्वाचित क्षेत्रलाई निश्चित कामकै लागि बर्गीकरण गरी भूउपयोग योजना बनाउने र त्यसका आधारमा तोकिएको कामका लागि मात्रै भौतिक निर्माणको स्वीकृति दिनुपर्ने मापदण्ड मन्त्रालयले तयार पारेको छ । नयाँ घोषण गरिएको ७२ सहित १ सय ३० नगरपालिकाबाट योजना सुरु गर्ने र त्यसपछि गाविसहरुमा पनि विस्तार गर्ने योजना रहेको सहसचिव खनालले बताए,आजको कान्तिपुर दैनिकमा खबर छ ।