आयल निगममा मौसमी पोशाक भत्ता

कात्तिक ४,काठमाडौं-३५ अर्व घाटामा र ३७ अर्ब ऋण रहेको निगमका कर्मचारीले मौसमअनुसार वार्षिक दुईपटक पोसाक भत्ता लिने गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिक लेख्छ  निगमका कर्मचारीले जाडो र गर्मीमा नयाँ लुगा किन्न दुइपटक पोसाक भत्ता रकम बुझ्दै आएका छन् ।

हरेक वर्ष पदअनुसार निगका कर्मचारीले १९ देखि २१ हजार रुपैयाँसम्म पोसाक भत्ता लिने गरेका छन् । सबैभन्दा तल्लो तहका पीयन, माली र स्वीपरले वार्षिक १९ हजार ७९ र महाप्रवन्धकले २० हजार ९ सय ४८ रुपैयाँ पोसाक भक्ता लिन्छन् ।