कांग्रेस र एमाले बढीमा ७ प्रदेशको अडानमा रहने

कार्तिक ४,काठमाडौं-सत्तारुढ कांग्रेस र एमालेले धेरै प्रदेश मुलुकले धान्न नसक्ने भन्दै अधिकत्तम सात प्रदेशकै अडानमा रहने निश्कर्ष निकालेका छन् । आजको कान्तिपुर दैनिक लेख्छ सिंहदरबारमा मंगलबार बसेको बैठकले एमाओवादीसँगको छलफलका क्रममा संघीयता र शासकीय स्वरुपमा एउटै धारणा प्रस्तुत गर्ने सहमति पनि गरेका छन् । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दुई दलबीच संघीयता र शासकीय स्वरुपमा समान धारणा रहेको बताए ।

संघियतामा ५ वा ६ प्रदेशभन्दा बढी मुलुकले धान्न सक्दैन । एमाओवादीलाई सहमतिमा ल्याउनका अधिकत्तम सात प्रदेशसम्म जान सकिन्छ, उनले भने, दुई दिन गम्भीर वार्ता गरेर सहमति जुटाउने दिशामा जानुपर्छ भन्ने हाम्रो समान धारणा छ ।शासकीय स्वरुपमा पनि कांग्रेस र एमालेको समान धारणा बनेको छ । सुधारसहितको संसदीय प्रणालीमा जान एमाले तयार भएपछि दुई दलबीच समान धारणा बनेको हो ।