नुहाउन गएका आमा छोरा बेपत्ता

कार्तिक २, भरतपुर-नारायणी नदीमा नुहाउन गएका आमा छोरा बेपत्ता भएका छन् । तनहु जिल्लाको देवघाट गाविश ०२ स्थित वेनी सङगममा वाट उनिहरु बेपत्ता भएको जिल्ल प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको मङगलपुर २ बस्ने ३४ बर्सिया देवी कडेंल र उनका छोरा १३ वर्षका सुशिल दवेनी सङगममा नुहाउने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको हो । नदिमा नुहाउदै गर्दा छोरा पानीमा डुबेपछि बचाउन खोज्दा आमा पनि पानीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । शनिबार दिउसोदेखी बेपत्ता भएका आमा छोराको खोजी कार्य जारी रहेको बताइएको र अहिलेसम्म केही पुष्टी नभएको प्रहरीले जनाएको छ । उनी ज्योतिÈी काम गरी दैनिक जिविकोपार्जन गर्दै आएकी थिइन ।