इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको अग्रता

कात्तिक २, काठमाडौँ-चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ५ अंकको अग्रता कायमै राखेको छ । गए राति भएको खेलमा क्रिष्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । सेस फेब्रिगासले चेल्सीका लागि प्रिमियर लिगमा पहिलो गोल समेत गर्न सफल भएका छन् । छैटौं मिनेटमा ओस्कारले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर, ४० औं मिनेटमा सिजनले रातो कार्ड पाएपछि चेल्सी दबावमा आयो । ४३ औं मिनेटमा क्रिष्टल प्यालेसका डेमियन डेलानेले पनि रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा सिमित भएका थिए । खेलको ९० औं मिनेटमा क्यापबेलले गोल गरे पनि क्रिष्टल प्यालेसको हार टार्न सकेनन् । गएरातिनै भएको अर्को खेलमा आर्सनलले हल सिटीसँग २–२ को बराबरी खेलेको छ ।

यस्तै साउथह्याम्पटनले सण्डरल्याण्डलाई भने ८–०को फराकिलो गोल अन्तरले पराजित गरेको छ । जसमा दुई गोल उपहार गोल थियो । यो प्रिमियर लिगको फराकिलो जित मध्ये एक हो ।