चालु आर्थिक बषको बजेट पारित

कात्तिक २, काठमाडौँ-व्यवस्थापिका संसदले चालु आर्थिक बर्ष २०७१–०७२ को बजेट आज पारित गरेको छ । लगातारको संसद अबरोधका कारण यस बर्षको बजेट पनि छोटो प्रक्रियाबाट पारित गरिएको हो ।

प्रक्रिया छोट्याउने विषयमा आजै कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको थियो । आज पारित भएको बजेट आगामी पाँच गते भित्र राष्ट्रपति डा. रामबरण यादबले प्रमाणिकरण गर्ने गरि राष्ट्रपति कार्यालयमा पठाइने कार्यक्रम रहेको छ ।