भाईटीकाको साईत ११ बजेर ३५ मिनेटमा

कात्तिक २, काठमाडौं -यो वर्षको तिहारमा भाइटीकाको साइत कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार कात्तिक ८ गते शनिबार दिनभर नै टीका लगाउन सकिने भए पनि ११ बजेर ३५ मिनेटको समय सबैभन्दा उत्तम छ । लक्ष्मीपूजालगायत तिहारका अरु दिनमा भने साइत आवश्यक नपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।