सशस्त्र र आर्मी फाइनलमा

कात्तिक २, काठमाडौँ-प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताअन्तर्गत शनिबार  भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी महिला फुटबल टोलीले नेपाल पुलिस महिला फुटबल टोलीलाई ३–२ को गोल अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । त्यस्तै, हिजै भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी महिला फुटबल टोलीले भारत बिहारको महिला फुटबल  टोलीलाई ४–१ को गोल अन्तरले पराजित गरेको छ ।      यही कात्तिक ३ गते त्रिभुवन आर्मी महिला फुटबल टोली र सशस्त्र प्रहरी महिला फुटबल टोलीबीच अन्तिम खेल हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।