क्यान्स पीडितको संख्या बढ्दै

कात्तिक २, काठमाडौँ-विश्वका एक करोड २० लाख मानिस फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ ।  दोस्रो अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा विश्वमा सबैभन्दा बढी क्यान्सर फोक्सोको हुने र सो रोग लागेका आधाभन्दा बढी मानिसको मृत्यु पहिलो वर्षमा नै हुने गरेको जानकारी दिइयो ।     रक्सी, चुरोट र सुर्तीजन्य वस्तुको अत्यधिक मात्रामा प्रयोगका कारण समयमा फोक्सोमा सङ्क्रमण हुने गरेको र समयमा नै यसको पहिचान हुन नसक्नुको कारण रोगीको मृत्यु हुने गरेको बताइयो ।  क्यान्सर केयर नेपाल, नेसनल क्यान्सर अस्पताल, वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमोरिएल क्यान्सर अस्पताल, सार्क फेडेरेसन अफ अन्कोलोजिस्ट नेपाल, नेपाल अन्कोलोजिकल सोसाइटी, सुरेश वाग्ले मेमोरियल क्यान्सर आयोजना, युनिभर्सिटी अफ कन्सस र सेन्ट जोसेफ रेजिनल क्यान्सर सेन्टर एन्ड ब्लड इन्स्टिच्युटको संयुक्त आयोजनामा भएको सो सम्मेलनमा विभिन्न मुलुकका १५० क्यान्सर विशेषज्ञको सहभागिता थियो ।