सिमामा भारतको अतिक्रमण अब असैह्य सेनापति

कात्तिक २, काठमाडौँ-पाकिस्तानी सैनिक प्रमुखले सीमामा भएको आक्रमणहरुका विषयलाई लिएर भारतलाई चेतावनी दिएका छन् । उनले  सीमाम कुनैपनि किसीमको आक्रामक व्यवहार पाकिस्तानले सहन नसक्ने बताए । हालैका दिनमा भारत र पाकिस्तानको सीमा क्षेत्रमा जारी रहेको आक्रमणका विषयलाई लिएर उहाँले सो धारणा राखेका हुन् । हालै सो सीमा क्षेत्रमा जारी रहेको आक्रमणमा परी कम्तीमा पनि २० जनाको ज्यान गइसकेको छ । सो आक्रमणलाई तत्कालै रोक्न पनि उनले भारतलाई आग्रह गरेका छन् । गएको अक्टोबर ६ देखि सुरु भएको सो दोहोरो गोली हानाहान हिजोसम्म पनि जारी नै थियो । हालैमात्र यी दुई देशका सेनाले सीमा क्षेत्रमा आचार संहिताको उल्लंघन नगर्ने बताएको दुई दिनपछि नै हिजोमात्र त्यहाँ आक्रमण भएको थियो ।