स्याउ खानुस्,मोटोपन घटाउनुस्

 

appleतपाई स्वस्थ जीवनशैली चाहनुहुन्छ भने अब हरेक दिन एक दाना स्याउ खान सुरु गर्नुस्। स्याउमा पाइने एक किसिमको विशेष तत्वले मोटोपनबाट टाढै राख्ने कुरा खुलासा भएको छ।

अमेरिकाको वाशिङ्टन स्टेट यूनिभर्सिटीका वैज्ञानिकहरूले अनुसन्धान गरेको एक प्रकारको स्याउमा गैरपाचक तत्वले भरिपूर्ण हुने यसको निरन्तर सेवनले भोक कम भई मोटोपन घटाउने निष्कर्ष निकालेका छन्। शोधकर्ताहरूले यसको अनुसन्धान एक मुसामा गरेका थिए। जसमा लगातार एउटा मोटो मुसा परिवर्तन भई पातलो भई समान देखिएको थियो।

गैरपाचक तत्वले शरीरमा मोटोपन बढ्न नदिने साथसाथै यसले भोजनबाट प्राप्त गर्न सकिने फाइबर र पोलिफेनोल तथा कार्बाेहाइड्रेटलाई पनि सन्तुलित गराउन मद्दत गर्दछ। यसका साथसाथै यो खोज मोटोपनसँग जोडिएका समस्याहरू मधुमेह आदिको उपचारका लागि मद्दतगार हुने शोधकर्ताहरूको भनाई छ।