हङकङ सरकारले आन्दोलनकारीहरुसँग वार्तागर्ने

कात्तिक १, काठमाडौँ-हङकङ सकरकारले त्यहाँको आन्दोलनरत विद्यार्थीहरुसँग वार्ता गर्ने भएको छ । सरकारले शनिबार सो कुराको घोषणा गरेको बताइएको छ ।     करिब तीन हप्तायतादेखि जारी रहेको विरोध प्रदर्शनका क्रममा झडप बढ्दै गएपछि सरकारले शनिबार वार्ता गर्ने घोषणा गरेको हो । प्राप्त समाचारअनुसार सरकारले आगामी मङ्गलबार आन्दोलनकारी विद्यार्थीसँग वार्ता गर्ने भएको हो ।     हङकङका नेता लियुङ चुङ यिङले त्यस कुराको घोषणा शनिबार जारी गरेको एक समाचारमा जनाइएको छ । उनले नाटकीय रुपमा आन्दोलनकारीसँग वार्ता गर्ने भनेर सो जानकारी गराएको बताइएको हो । हङकङ फेडरेसन अफ स्टुडेन्ट गठन गरी त्यहाँका विद्यार्थीहरुले बिगत करिब तीन हप्तादेखि सो आन्दोलन जारी राखेका थिए । उनीहरुले प्रजातन्त्रको मागगरी सो आन्दोलन जारी राखेकोले सरकारले त्यसलाई स्वीकार गरेको थिएन ।