वेष्ट इण्डिजविरुद्धको म्याचमा भारत विजयी

कात्तिक १, काठमाडौँ-भारतले वेष्ट इण्डिजविरुद्धको ५ म्याचको श्रृंखला २–१ ले जितेको छ । चौथो एक दिवसीय क्रिकेटमा गएराती वेष्ट इण्डिजलाई ५९ रनले हराउदै भारतले श्रृंखला आफ्नो पक्षमा पारेको हो । जितका लागि ३ सय ३१ रनको लक्ष्य पछयाएको वेष्ट इण्डिज ४८ दशमलव १ ओभरमा अल आउट हुदै २ सय ७१ रनमा समेटियो । टस हारेर पहिला ब्याटिङग गरेको भारतले विराट कोहलीको शतकीय योगदानसंगै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३० रनको विशाल योगफल बनाएको हो । वेष्ट इण्डिजका मार्लोन स्यामुयल्सले १ सय १२ रन बनाएपनि त्यो जतका लागि प्रयाप्त हुन सकेन ।