तीन दलको छलफल निष्कर्ष विहिन

कात्तिक १, काठमाडौँ-नयाँ संविधानमा रहने जटिल भनिएका प्रमुख चार विषयको टुङ्गो लगाउन आज बसेको शिर्ष तीन दलको बैठक निष्कर्ष विहिन बनेको छ । काँग्रेस, एमाले, र एमाओवादीका शीर्ष नेताहरू सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा आज सहमती जुटाउने भने पनि दलहरु विगतका दिनमा जस्तै निष्कर्षविहनि बनेका हुन् । पछिल्लो समय ती विषयमा सहमति जुटाउन भन्दै तीन दलका शीर्ष नेताको बैठक निरन्तर बसिरहेको छ ।

यसैक्रममा सिंहदरबारमा बसेको तीन दलको बैठकमा ती संविधानका विवादित विषयमा सहमतिमा पुग्न गम्भीर रुपमा छलफल भएको काँगे्रस महामन्त्री कृष्ण प्रसाद सिटौलाले बताए । महामन्त्री सिटौलाका अनुसार जतिसक्दो छिटो  यि  चारै विषयका बारेमा दलहरुबीच निर्णायक वार्ता हुने र नष्कर्षमा पुग्नेछ । आजको बैठकमा तीन महामन्त्री सिटौला,  संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य,  वन मन्त्री महेश आचार्य, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष विद्या भण्डारी तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई र  नेता नारायणकाजी श्रेष्ठ सहभागी भएका थिए ।