समयमा नै संविधान आउँछ अध्यक्ष थापा

कात्तिक १, काठमाडौँ-राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनतालाई समयमा नै संविधान दिनुपर्ने बताएका छन् । राप्रपा नेपालको गाउँ कार्यसमिति दहचोकको आयोजनामा आज आयोजित दीपावली, छठ तथा नेपाल संवत् ११३५ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालमा दिगो शान्ति र विकासका लागि जनताले समयामा नै संविधान चाहेको बताए ।     संविधान निर्माणका क्रममा सकेसम्म सबै राजनीतिक दलका विचारलाई समेट्नुपर्नेमा उहाँले जोड दिए । राप्रपा नेपालका महामन्त्री विक्रमबहादुर थापाले दीपावली, छठ, नेपाल संवत्लगायतले नेपाललाई दिगो शान्ति र विकासमा लाग्न प्रेरणा दिने बताए ।