देउसी–भैलो साँझ ७ बजेसम्म मात्र

कात्तिक १, काठमाडौ– सरकारले सुरक्षालाई कारण देखाउँदै साँझ सात बजेसम्म मात्रै देउसीभैली खेल्न अनुरोध गरेको छ। शुक्रबार गृह मन्त्रालय विज्ञप्ती जारी गर्दै तिहारमा देउसीभैलोलगायत कार्यक्रमलाई समय तोकेको हो।यस्ता कार्यक्रम रातिमा हुँदा अवाञ्छित गतिविधिमा संलग्द्ध व्यक्तिहरूले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्‍याउने जनाउँदै यस्तो निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ । 
गृह प्रवक्ता यादव कोइरालाद्वारा जारी विज्ञप्तीमा तिहार र छठ जस्ता पर्वमा भुइँचम्पा, पटाका र आतिसबाजी जस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न आग्रह गरिएको छ। सर्वसाधरणको स्वास्थ्यमा प्रतिकूल असर पर्ने, चोटपटक लाग्ने र आगलागी हुन सक्ने भएकाले विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री र प्रयोग नगर्न आग्रह गरेको उनले जनाए। अनुरोधविपरीत कार्य गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।