भारत पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान

कात्तिक १,काठमाडौ-पाकिस्तान र भारतको सीमा रहेको कश्मिरको विवादास्पद क्षेत्रमा शुक्रबार दुवै पक्षबाट आक्रमण भएको बताइएको छ ।उक्त क्षेत्रमा रहेको लाईन अफ कन्ट्रोल (एलओएल) को नियम उल्लंघन गरी शुक्रबार पुनः दुवै पक्षबाट एक आपसमा आक्रमण भएको बताइएको छ ।यस क्षेत्रमा विगत महिना दिनदेखि नै आक्रमणहरू भएका छन् । भारतीय सैनिकले नै सीमारेखा नियमको उल्लङ्घन गरेको आरोप पाकिस्तानी सैनिकले बुधबार लगाएको थियो ।यी दुवै देशले सीमा रेखामा कायम राखिनुपर्ने सीमा रेखाको युद्धविरामको अनुशासन दुवै पक्षबाट उल्लंघन गर्ने गरेको आरोप आपसमा लगाउने गरेका छन् ।सीमाक्षेत्रमा भएको दोहोरो गोली हानाहानको तनावलाई कमगर्ने विषयमा पाकिस्तानी र भारतीय सैनिक अधिकारीहरूबीच गत मङ्गलबार मात्र वार्ता भएको थियो । सो वार्ताको केही दिनमात्र पछि आज पुनः यो हमला भएको बताइएको छ ।

पाकिस्तानी सैनिकले भारतीय सैनिकले नै सीमा क्षेत्रको नियम उलङ्घन गरेको आरोप लगाएको छ । सीमा क्षेत्रमा १० दिनसम्म भएको दोहोरो गोली हानाहानमा कम्तीमा २० व्यक्तिको मृत्यु भएको थियो । भारतीय सैनिकले पाकिस्तानको नियन्त्रणमा रहेको रावालकोटनजिकै नेजापिर र बाघमा विनाकारण बुधबार बिहान पनि गोली प्रहार गरेको पाकिस्तानी सैनिकको दाबी गरेका छन् । शुक्रबार श्रीनगरबाट करिब १८५ किलोमीटर टाढा रहेको अमिरपुर भन्ने स्थानमा भारत र पाकिस्तानी दुवै तर्फका सैनिकले हतियारबाट आक्रमण गरेका छन् । दुवै तर्फका सैनिकले हल्का हतियार प्रहार गरिरहेका छन् । त्यस क्षेत्रमा कुनै मानवीय क्षतिको समाचार भने आएको छैन । शुक्रबार अपरान्हसम्म नै सो हमला जारी रहेको बताइएको छ ।