फिक्का जनसभामा प्रचण्डको बिद्रोहको घुर्की

असोज ३१, काठमाडौँएकीकृत नेकपा माओवादीले बेलाबेलामा गर्ने जनसभाको अर्को एउटा सृखला शुक्रबार राजभानीमा देखियो  । शुक्रबारको जनसभाले फिक्का फिक्का देखिइरहेको खुलामञ्चबाट कस्ले के भने भन्दा पनि हिजोको जनसभाको त्यो भिड कता लाग्यो भन्नेमा आम जन मानसले दर्बिलो प्रश्न तर्स्याएका छन् । तत्कालीन समयमा आयोजीत माओवादीको मात्रै जनसभामा लाखौँ मानिसको उपस्थिती र शुक्रबारको २२ दलको उपस्थिती केवल केही हजारमा मात्र सिमीत हुनुले कैयौँ प्रश्न जनसभा आयोजकहरु माथि उब्ज्याएको छ । आ जन जनको प्रश्न छ, के दुई हजार मान्छे खुलामञ्चमा जम्मा पारेर त्यसलाई जनसभा भन्न जायज हुन्छ रु

सोही सभाबाट एमाअ‍ोवादी अध्यक्ष प्रचण्डले कांग्रेस(एमाले विगतको सम्झौताविरुद्ध गए अर्को शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको घोषणा गरेका छन् । २२ दलीय गठवन्धनले शुक्रबार खुलामञ्चमा गरेको प्रचण्डले आफूले फेरि युद्ध गर्ने नभनेको र बन्दुक उठाउन अपील पनि नगरेको बताए । उनले भने( ‘तर, यदि विगतका सन्धि सम्झौताविरुद्ध तथाकथित बहुमतको पछि लाग्ने हो भने अर्को एउटा शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्न गर्न तयार छु ।’

जनयुद्ध सुरु गर्नुअघि मंसिर २२ मा खुलामञ्चबाट जनता विद्रोहमा जाँदैछन् भनेको स्मरण गराउँदै प्रचण्डले २२ दललाई खेलाँची नठान्न आग्रह गरे । उनले भने( ‘२२ दलले विद्रोह गरे १० वर्षे जनयुद्ध भन्दा ठूलो विद्रोह हुन्छ ।’