बलिउड अभिनेत्री जरिन खान नेपालमा

असोज ३१, काठमाडौँ-बलिउड अभिनेत्री जरिन खान शुक्रबार दिउसो २ दिने भ्रमणका लागी नेपाल आइपुगेकी छिन् । भोली साँझ राजधानीको सोल्टी होटलमा आयोजना गरिन लागिएको पनास रन्वे इभेन्टमा रहेको एक फेशन शोमा क्याटवक गर्नका लागी उनी नेपाल आइपुगेकी हुन् । जरिन दुई दिने नेपाल बसाइपछि आईतबार मुम्बई फर्किनेछिन् ।

आयोजक टिमले नेपाल अबतरण गरेको एक घण्टा पछिनै जरिनलाई मिडिया सामु प्रस्तुत गरेको थियो । यी अभिनेत्रीले बलिउड फिल्म ‘वीर’ बाट बलिउडमा डेब्यु गरेकी हुन । यस फिल्ममा उनले सलमान खानको हिरोइन भएर अभिनय गरेकी थिइन । मिडियासंग कुरा गर्दै यी अभिनेत्री जरिनले सुन्दर देश भएको बताउँदै नेपालको प्रशंसा गरेकी छन । आफु नृत्यको सौखिन रहेको बताउँदै अभिनय भन्दा पनि नृत्य गर्न सजिले हुने उनले बताएकी छन ।

शुक्रबार स्वयम्भूको भ्रमण गरेकी जरिन शनिबार साँझ कार्यक्रममा सहभागी हुनु अगाडीसम्म राजधानीका बिभिन्न रमणीय स्थलमा घुम्ने भएकी छन । सोल्टी होटलमा हुने कार्यक्रममा जरिनले नेपाली सेलिब्रेटीहरू विजय लामा, निशा अधिकारी, रेश मरठ्ठा, निलुम चन्द र मिस नेपाल इशानी श्रेष्ठ का साथमा बलिउडका फेसन डिजाइनर विशाल कपुरको डिजाइनमा क्याटवक गर्दैछिन । जरिन पहिलो पटक नेपाल भ्रमणमा आएकी हुन ।