सुनुवाइ समितिद्धारा नाम अनुमोदन

असोज ३१, काठमाडौँ-संसदीय सुनुवाइ विशेष समितिले राष्ट्रिय मानवअधिकार आयोगमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषद्ले सिफारिस गरेको नामलाई अनुमोदन गरेको छ ।  परिषद्ले सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मालाई आयोगको अध्यक्ष र प्रकाशचन्द्र वस्ती, सुदीप पाठक, मोहना अन्सारी र गोविन्द शर्मालाई सदस्यमा सिफारिस गरी अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो ।    परिषद्ले नाम सिफारिस गर्दा समावेशी र समानुपातिकको सिद्धान्त र आधारलाई आत्मसात् गर्न नसकेको जनाउँदै प्रारम्भमा विशेष समितिले त्यसबारे थप स्पष्ट गर्न संवैधानिक परिषद्को ध्यानाकर्षण गराएको थियो । परिषद्को सोमबार बसेको बैठकले समितिको उक्त ध्यानाकर्षणलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आगामी दिन यसमा विचार पु¥याउने प्रतिबद्धता जाहेर गरेको थियो । समावेशी र समानुपातिकका आधारलाई आत्मसात् गरिएको भनी परिषद्बाट पुरानै नाम आएपछि हिजोदेखि समितिले सुनुवाइ प्रारम्भ गरेको थियो । समितिले आयोगका लागि अध्यक्षमा सिफारिस गरिएका पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा र सदस्यमा सिफारिस गरिएका सर्वाेच्च अदालका न्यायाधीश प्रकाशचन्द्र वस्तीको हिजो संसदीय सुनुवाइ गरेको थियो ।