२२ दलले आज विरोध सभा गर्दै

असोज ३१,काठमाडौं-संविधानसभाको तेश्रो ठुलो दल तथा प्रमुख प्रतिपक्षि एमाओवादी सहित २२ दलले आज काठमण्डौंको खुलामन्चमा  विरोध प्रर्दशन तथा सभा गर्दै छन् । पहिचान सहितको संघिय संविधान निमार्णमा दवाव दिन भन्दै २२ दलले घोषणा गरेको पहिलो चरणको अन्तिम विरोध कार्यक्रम अन्तरगत आज खुलामन्चमा विरोधसभा गर्न लागेको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार सभालाई एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मधेसवादी दलका प्रमुख नेताहरु, २२ दलमा अवद्ध साना दलका नेताहरुका साथै नागरिक समाजका अगुवाहरुले सम्बोधन गर्ने एकिकृत माओवादीले जनाएको छ ।