मानवअधिकार आयोगका सदस्यहरुको सुनुवाई आजपनि

असोज ३१,काठमाडौं-विशेष समितिले आज राष्ट्रिय मानबअधिकार आयोगमा सिफारिस अन्य तीन सदस्यहरुलको सुनुवाई गर्ने भएको छ । समितिको कार्यालय सिंहदरबारमा केहिबेरमा सुरु हुने समिति बैठकमा सुनुवाईको लागि वरिष्ठ अधिवक्ता गोविन्द शर्मा, सुदिप पाठक र मोहना अन्सारिलाई बोलाएको समितिले जनाएको छ । सुनुवाईको क्रममा अध्यक्ष सिफारिस शर्माले राज्यको ऐन कानुन मिच्ने प्रवित्तिमाथि अंकुस लगाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।केहि प्रशासनको पहिला थुन्ने र सुन्ने प्रबृति रहेकाले प्रशासनको गलत कार्यशैलीको मारमा निर्दोष ब्यक्ति पर्न नहुनेमा शर्माको जोड छ । संबैधानिक परिषद्ले आयोगको अध्यक्षमा शर्मा र सदस्यहरुमा वस्ती, वरिष्ठ अधिवक्ता गोविन्द शर्मा, सुदिप पाठक र मोहना अन्सारिलाई सिफारिस गरेको छ । उजुरीकर्ताहरुले प्रस्ताबित नामहरु अन्तरिम संबिधानको भावना अनुसार समाबेशि नभएकोले अस्विकार गर्नुपर्ने तर्क गरेका छन् । संसदिय सुनुवाई विशेष समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संबैधानिक ब्यबस्था छ ।