चीनमा आठ करोडभन्दा बढी गरिब

असोज ३१,एजेन्सी-चीनमा आठ करोडभन्दा बढी नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्राप्त समाचारमा चीनमा ८ करोड २० लाख नागरिक गरिबीको रेखामुनि रहेका पाइएको बुधबार बेइजिङमा गरिएको एक कार्यक्रममा सार्वजनिक भएको बताइएको छ । सो तथ्याङ्कअनुसार चीनका ८ करोड २० लाखभन्दा बढी नागरिकले अहिले पनि हरेक दिन एक अमेरिकी डलरभन्दा पनि कम आय गर्ने गरेका छन् ।

चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र हो । गएको करिब एक दशक लामो आर्थिक विकासको सकारात्मक प्रयासपछि चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा उदय भएको हो । चीनको गरिबी मापनको मापदण्ड वर्षमा दुई हजार ३०० युआन कमाउनु हो । यो अमेरिकी डलरमा ३७५ हुन्छ ।

विश्वव्यापी मापदण्डका रुपमा लिइने प्रत्येक दिन कम्तीमा पनि एक डलर अमेरिकी डलर आम्दानी गर्न नसक्ने व्यक्तिलाई गरिबका रुपमा लिइन्छ ।  विश्व बैंकको आफ्नो परिभाषा भने प्रत्येक दिन १.२५ अमेरिकी डलर आम्दानी गर्न नसक्नेलाई गरिबीको रेखामुनि राख्ने गरिएको छ ।