डोल्पामा ६० पर्यटक सहित १०० बेपत्ता

असोज ३१,काठमाडौं-हिमपातमा परी माथिल्लो डोल्पा घुम्न गएका ६० जना विदेशीसहित झण्डै एक सय पर्यटक बिहीबार साँझसम्म सम्पर्कविहीन छन् । उपल्लो डोल्पा पुगेका १० वटा पर्यटक समूह मंगलवारदेखिको हिमपातमा परेका हुन् । उनीहरुमध्ये १७ सदस्यीय एक समूह बिहीबार दिउँसो सम्पर्कमा आएपछि अरु बेखबर रहेको खुलेको सीजी ट्रेकिङ स्टोरका हिम थापाले बताए ।हाम्रो सम्पर्कबाट गएका यी समूह सम्पर्कमा नआउँदा चिन्ता बढेको छ उनले भने ।

सीजी ट्रेकिङका अनुसार, माथिल्लो डोल्पा पुगेका ११ मध्ये पाँच समूह जोमसोम निक्लिने लक्ष्य थियो । तीन समूह पुथा हिमाल चढ्न गएको हो । सम्पर्कविहीन मध्ये ६ समूह अपर डोल्पा, ५ समूह जोमसोम निक्लने र २ समूह तल्लो डोल्पा झर्ने पर्यटकहरु छन् । टोलीमा ६० विदेशी पर्यटक र कुक, भरिया तथा गाइड छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

माथिल्लो डोल्पा गएका तथा पर्यटनमा पर्यटकहरु सम्पर्कविहीन रहे पनि विपतमा पर्ने सम्भावना न्यून रहेको प्रहरी नायव उपरीक्षक सूर्यबहादुर केसीले बताए । कतै बाटोमै सुरक्षित होलान भन्ने आशा छ, उनले भने ।