सानिमाले १५ प्रतिशत बोनस सेयर दिने

असोज ३०, काठमाडौँ-सानिमा बैङ्कले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैङ्कका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको १०औँ साधारणसभाले सो निर्णय गरेको हो ।  गैरआवासीय नेपाली प्रवद्र्धक रहेको सो बैङ्कको देशभर ३७ शाखा छ । बैङ्कको पुँजी रु दुई अर्ब ५५ करोड पुगेको छ । सो रकम अघिल्लो वर्षको तुलनामा रु ३४ करोडले बढी हो । बैङ्कले आव २०७०÷०७१ मा ४० प्रतिशत मुनाफा वृद्धि गरी रु ४२ करोड ७६ लाख खुद् मुनाफा गरेको छ । बैङ्कले आव २०७० ÷०७१ मा रु २४ अर्ब ८७ करोड निक्षेप सङ्कलन गरी २० अर्ब र  आव २०६९ ÷०७० मा रु १५ अर्बको कर्जा प्रवाह गरेको थियो ।