अस्पतालबाट अल्ट्रासाउन चोरी

असोज ३०,  कलैया- कलैया अस्पतालबाट अल्ट्रा साउन मेसिन चोरी भएको अस्पतालका प्रमुख डा मुक्तिनारायण साहबाट थाहा भएको छ । केही दिनदेखि सो मेसिन राखेको कोठाको ताला बन्द रहेकामा आज सो कोठाको ताला खुल्ला रहेकाले कोठाभित्र हेर्दा उक्त मेसिन नभएकाले चोरी नै भएको हुनसक्ने भन्ने भन्दै स्थानीय प्रशासनलाई जानकारी गराएको प्रमुख साहले बताए । सो अल्ट्रासाउन मेसिनको मूल्य करिब रु १५ लाख पर्ने बताइएको छ ।