प्रज्ञा–प्रतिष्ठान र सङ्घबीच सम्झौता

असोज ३०, काठमाडौँ- नेपाली साहित्यलाई विश्वभर फैल्याउने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घका बीचमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार  दुवै संस्थाका प्रतिनिधि रहेको सञ्जालको गठनसमेत गरिएको छ । सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा गठित सञ्जालमा प्रतिष्ठानका उपकुलपति डा विष्णुविभू घिमिरे र सदस्यसचिव जीवेन्द्रदेव गिरी एवम् सङ्घका तर्फबाट भीम उदास र राजेश राना सदस्य छन् । सञ्जालका सल्लाहकारमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रती र सङ्घका अध्यक्ष शेष घले रहेका छन् ।