समुह चरणका अन्तिम खेल आज

असोज ३०, काठमाडौँ-१७ वर्ष मुनीको वियाग कप  महिला फुटवलमा आज समुह चरणका अन्तिम खेल हुदै छन् । प्रतियोगिता अन्र्तगत आज दुई खेल हुने छन् । आजका खेलमा कैलालि र सर्लाही तथा काठमाण्डौ र नवलपरासीले प्रतिष्प्रर्धा गर्ने छन् । यसअघि हिजो भएका खेलमा जित हात पार्दै आयोजक रौतहट चन्द्रपुर र कन्चनपुर सेमिफाइनलमा प्रबेश गरेका छन् ।