सहमति कि प्रक्रिया भन्नेमै अन्यौल

असाेज ३०, काठमाडौ-संविधानका अन्तरबस्तुमा सहमति जुटाउन असफल प्रमुख दलका शीर्ष नेताहरु विवाद समाधानको आगामी प्रक्रियाबारे समेत अन्यौलमा छन् । कान्तिपुर दैनिक लेख्छ  सहमतिको प्रयास सँगसँगै सचिवालय मार्फत प्रश्नावलीको गृहकार्य गर्न सैद्धान्तिकरुपमा सहमत भएपनि दलहरुबीच मुख्य विवादीत विषयलाई मतदानबाट टुग्याउने कि सहमतिका लागि थप समय लिने भन्नेमा एक मत हुन नसकेको हो ।
कांग्रेस, एमाले र एमाओवादीका नेताहरुबीच बुधबार विभिन्न चरणमा भएका अनौपचारिक छलफलमा राज्यपुर्नसंरचना सहितका विवादित विषय थाती रहेपछि बिहिबार अन्तिम प्रयास गर्ने र सहमति नभएमा आगामी प्रक्रियाबारे निर्णय लिने समझदारी भने भएको छ ।

बिहिबारको छलफल संविधानका अन्तरबस्तुमा सहमति जुटाउन, नभए प्रक्रियामा अघि बढ्ने विधि तय गर्न केन्द्रीत हुन्छ, तीन दलको अनौपचारिक छलफल पछि संवाद समितिका सभापति बाबुराम भट्टराईले भने दलहरुबीच समझदारीका अभावमा विगतमा प्रश्नावली समेत नबेको दृष्टान्त प्रस्तुतगर्दै संविधानसभा अध्यक्षले प्रक्रियामा जान पनि सहमति चाहिन्छ भन्नुभएको छ ।सहमति नभएका विषयमा प्रश्नावली निर्माण गर्दैगर्न आग्रहगर्दै उनले त्यस्तो प्रश्नावलीले पनि सहमति निर्माणमा मद्दत गर्ने बताएका थिए ।

संविधानसभाले संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई नयाँ संविधानका अन्तरबस्तुमा सहमति जुटाउन दिएको समय बिहिबार सकिदैछ ।